जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर
पाेखरा | माघ २३, २०७९
पोखरा: जापान स्थित टोवा कर्पोरेशनले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
टोवा कर्पोरेशन र आजीसाई नेपाल एजुकेशन फाउण्डेशनको सहकार्यमा पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटका सञ्चालक किसान सुनारका अनुसार जापानको टोवा, आसुका जापनीज ल्याङगोइज एण्ड इन्सटिच्युट, निहोङ्गो जापनीज इन्सटिच्युट, टोक्यो इन्सटिच्युट कलेज, उरावा इन्टरनेशल ,कलेज र सिबउरा इन्सटिच्युटमा भाषा अध्ययनका लागि विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् ।
सञ्चालक सुनारले जापान जाने अधिकांश विद्यार्थीहरु भाषा स्कुल तथा भोकेसनल कलेज वा विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ ।
‘कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्, उनले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।’
विगत दुईवर्षदेखि अध्ययनको शिलशिलामा जापान जान इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सटिच्युटले यस यस वर्ष पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
छात्रवृत्ति प्रदान गर्न १८ वर्ष पुगेको हुनुपर्ने, मोटरसाइकलको लाइन्सेस प्राप्त, १२ कक्षा पास गरेको र जापनीज भाषमा एन फाइब पास गरेको विद्यार्थीहरुले छात्रवृत्ति पाउन सक्नेछन् ।
छात्रवृत्ति प्राप्त गर्न फागुन पहिलो सातासम्म पोखरास्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर आवेदन दिन सकिनेछ । निगाताले विगत ११ वर्षदेखि जापानमा विद्यार्थीहरुलाई अध्ययन भिषामा जापानका विभिन्न विश्वविद्यालय तथा स्कुल तथा कलेजमा पठाउने गरेको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

